R.P.Dahal |
Information about book and excerpt from the book.
These are the books written about women strata. How they live and how they survive?
To download book go to download
Excerpts
दस्तावेज (उपन्यास)
("मेरो छोरो निन्द्रामा मात्र होइन, नशाको बेहोसीमा पनि थियो। मैले उसको मुटुको स्पन्दनलाई आफ्नै हातले छोएर हेरें। तप्त र जीवित थियो ऊ।
मैले त्यो हतियारको टुप्पोलाई मुटुकोमाथि राखें र आफ्नो भए भरको बलले त्यसलाई रोपें। ऊ थोरै मात्र चलमलायो र एकै छिनमा शान्त भयो।
हेर्नोस् ! आमाको निम्ति छोरो मर्नु कष्टकर कुरा हो तर छोरो मार्नु कष्टभन्दा पनि अति कष्ट रहेछ। त्यो किरिच उसकोमा होइन मेरै छातीमा
पसेको अनुभव भएथ्यो मलाई। आमा देवी भएर प्रशव वेदना त सधैं सहन्छे तर मानवजाती कलङ्कित हुनबाट रोक्न राक्षसी भएर सन्तानहत्याको
अपराध बेहोर्न आफ्नै सन्तान मार्न पनि सक्दिरहिछ।")
किन नारी आफ्नै पुत्रहत्या गर्छे ? कहाँ छ उसको वाध्यता ? 'के उसले छोरो मारेकै हो त ?' प्रहरी प्रतिवेदन 'हो' भन्छ ।
अझ नारी स्वयम् 'हो' भन्छे । १२५ पृष्ठ लामो यो उपन्यास एउटी नारीले पार गरेका विभिन्न स्थितिहरीको दस्तावेज हो ।
सौदामिनी (खण्डकाव्य)
आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ ।
झलक्क देखें एक दिन मैले
सौदामिनीको झरिलो छटामा
कहीँ पनि देख्न नपाइएको
दैविय शौन्दर्य छिँडी कुनामा ।
सौदामिनी त्यो सखी भेट्न आई
आकाशदेखि तल धर्ती सम्म
छुट्याउनै पो अब पर्छ गार्हो
कुन चाहिं सौदामिनी हो, अचम्म !
आकाशकी त्यो सौदामिनीले
धर्तीकी सौदामिनीलाई छुन्छे
चमक, दमक, रुप र चञ्चलेपन
आफू मिटाइ उसलाई दिन्छे ।
५० पृष्ठको यो सानो पस्तिकामा बिजुली(सौदामिनी) जस्तै सुन्दर, चपल, अनिश्चित र वाचाल सानी केटी सौमीको कथा सरल कवितामा वर्णन गरिएको छ ।
भाषाको सरलता र काव्यात्मक वर्णन नै यसको विशेषता हो ।
सहयात्री (लामोकथा)
(ज्ञानीले फेरि मेरो अनुहारमा आँखा गाडेर सोधी — "तपाईका घर जहान कहाँ छन् नि?"
मैले प्रसङ्गलाई अलि रसमय बनाउन जवाफ दिएँ — "बास त जता बसे पनि भएकै छ। त्यसैले कहिले सीमानाको छेउमा बस्छु, कहिले राजधानीमा।
दाजुभाइ, इष्टमित्र, बाबुआमा सबैले पुगेको बेला खान र बस्न दिइहाल्छन्। खास घरजहान जोडने सौभाग्य भने अझ पाएको छैन।"
मेरो जवाफले प्रसन्न भएर उसले भनी — "नजोडनोस् अब अहिलेसम्म नजोडेपछि। यो घर परिवारमा सुख र दुःखको हिसाब लगाउने हो भने दुःखको मात्रा
अत्याधिक हुन्छ। लोग्ने, स्वास्नी, विवाह, छोराछोरी भन्ने जन्जाल नै दुःखको महाजालो हो। यो मेरो अनुभव हो र अब मेरो अभिव्यक्ति पनि ठान्नोस्।")
मेरी सहयात्री अलिकति असामान्य थिइन् तैपनि एक रातको त्यो बसको सहयात्रामा पत्यारलाग्दा, पत्यारनलाग्दा थुप्रै कुराहरू पोखिन् ।
अझ भन्नु पर्दा आफ्नो पुरै जीवनी नै सुनाइन् । ६४ पृष्ठको यो लामो कथा सहयात्री एउटी युवा नारीले पार गरेको वाध्यताको कथा हो ।
उपपति (उपन्यास)
पूर्णिमा भन्दै गई — "तिमी आवेशमा निर्णय गर्न सक्छौं र परिणाम के हुन्छ ? सोच्न सक्दैनौ। जो मानिसले सजिलैसँग स्वास्नीमानिसलाई धोका दिन र
फाल्न सक्दैन त्यसले स्वास्नीमानिसलाई आँफूतिर तान्न खोज्नु हुँदैन। यदि म तिम्रो घाँटिमा झुण्डेकी भए तिमी के गर्थ्यौ? भन त। त्यो त तिमीले
विचारै गरेका थिएनौं। दुईवटा छोराछोरीकी आमा झुण्डिन पनि सक्छे र झुण्डिएपछि छोड्दिन पनि। अनि तिमी उसलाई पाएर सुखी हुन्थ्यौं कि दुःखी? "
"तिमी झुण्डिने छौं भन्नेे आशा नै थिएन मलाई?"
"तिम्रो निष्कपटतामा विश्वास गरेर मैंले यो सम्बन्धलाई मित्रतासम्म नै कायम राखें। यदि मेरो चाहना त्योभन्दा पर भएको भए तिमीलाई त्यो पनि बाध्य
गराउन सक्ने थिएँ। तिमीजस्तो आर्ईमाईको हात नपरेको लोग्नेमानिसलाई बाध्य गराउन कुनै गाहारो थिएन।"
के हो उपपति ? को हो उपपति ? के नारी आफैँ उपपति रोज्छे त ? के यो उपन्यासकी नायिका पूर्णिमा उपपति खोज्नेमध्येकी हो त ?
तैपनि किन पाई त उपपति उसले ? र अन्त्य के हो यसको ? उपन्यास पढेपछि मात्रै सबै थाहा हुन्छ । रमाइलो छ यो २३६ पृष्ठको उपन्यास ।
कालचक्र (उपन्यास)
("ल है, सानोकाका। निदाउनु हुँदैन नि बेहुली हात पार्ने बेलामा।"
झण्डै भण्डै पूरै भार बोकेर सानोकाकालाई मैले अड्याएको थिएँ। ११ बज्न लागेको थियो होला। सानोकाका भने आधा जस्तो निंदाएको थियो।
पुरेतबाजे कन्यादानको संकल्प पढी रहेका थिए। सानोकाकाको हात थामेर बसेको मेरो निम्ति कन्यादानको महासंकल्प कहिले पनि नसिद्धिने कष्टमय पाठ
भइरहेको थियो तर पनि आफ्नो जिम्मेवारीबाट पन्सन नमिल्ने भएकोले म थामिएर नै बसेको थिएँ। समय बित्दै गए पछि त झन् सानोकाकाको सानो
हातबाट झरेर आएको पानी मेरो हत्केला भरी भएर खडकौलोमा झरी रहेको थियो। त्यसमा थप सानोकाकाको हातभन्दा माथि भएको बेहुलीको हात
सानोकाकाको हातमा नअटाएर मेरो हातको भर लिइरहेको थियो। त्यसरी अर्काको कन्यादानमा त्यो अप्ठयारो जिम्मेवारी मेरो निम्ति कष्टकर नहुने
कुरै थिएन। म त्यो स्थितिबाट जति सक्दो चाँडो उम्कन चाहन्थें तर पुरेतबाजेको महासंकल्प भने झन् झन् ढिलो चलिरहेको थियो। त्यसैले आफूलाई
जति सक्दो हँसिलो बनाउन खोज्दै पुरेतलार्ई भनें — "ल, है, पण्डितजी ! संकल्प चाँडो पढ्नोस् है। बेहुला बेहुली थाक्छन् नि।"
संकल्प पढिरहेका पूरोहितले बोल्ने कुरा थिएन तर पछाडिबाट कुनै नारी स्वरले व्यङ्ग्य कस्न चुकेन — " बेहुलाको लोकन्ते जति त कोही पनि थाक्दैन होला।"
अनुहार देख्न नपाए पनि नारीस्वर कुनै तरूनीको नै हुनु पर्छ भन्ने लख काटे पछि लोकन्तेको वाकपटुता मैले देखाउनै पर्यो — " लोकन्ते थाक्ने
बेला एउटा उहिले नै गई सक्यो। अर्को ल्याई दिन खोज्नेको अनुहार देख्न पाएको छैन।"
" ल है कान्छी ! लोकन्ते त खरिलो पो रहेछ त, अनुहार हेर्न खोज्ने।" — अर्को नारी स्वर आयो। त्यो पनि तरूनी स्वर नै थियो।)
कालचक्रले घटनावस भेटिन पुगेका युवा जोडीले एक अर्कालाई प्रेम गर्न त पुगे तर दुर्भाग्यले एउटै आँगनको सेरोफेरोमा बाँच्नु परे पनि
एक अर्कासँग अनजान झैँ बाच्नु पर्ने वाध्यताबाट जोगिन सकेनन् । जब त्यो वाध्यता तोड्ने प्रयास गरियो, एउटा परिवारको दुखान्त अन्त्य भयो ।
१८४ पृष्ठको यो उपन्यास त्यो कालका विभिन्न पात्रहरूको आत्मवर्णन हो ।
Why not to read that book Any of these Books
then?
For print copy
contact.
|