R.P.Dahal |
Information about book and excerpt from the book.
Kunti is a collection of short stories about women of diffrent strata of Nepal.
There are sixteen stories within the book.
To download book go to download
Excerpts
कथाकी कुन्ती
.............................. छोरा छोरी श्यामराज र कुमुदिनीका भएनन्, पीर परेका थियो श्यामराजकी आमालाई, दिदीलाई, बहिनीलाई । एक एक गोठ सन्तान थिए
प्रत्येक दिदी बहिनीका र ती सन्तानका बाटाबाट उनीहरुले खास सुख पनि पाएका थिएनन, बरु दुःख नै उब्जिएको देखिन्थ्यो तैपनि
श्यामराजका सन्तान हेर्न सबलाई रहर थियो, मानांै या त श्यामराज र कुमदिुनीको सुख प्रति सबलाई इर्ष्या थियो या श्यामराज र कुमुदिनी
उनीहरूको बीचमा भएर पनि उनीहरु भन्दा अलग्ग भएकाले ती दुईलाई आफू भन्दा अलग्ग देख्न सक्दैनथे । अरु त कोही भन्न सक्दैनथ्यो केवल
श्यामराजकी आमा दबेको स्वरले छोरोसंग कहिले कहीं बरबराउँथिन् - “बाबु । बुहारीको नै खोट पो हो कि ? यसो अर्को बिहे गर्दा हुन्थ्यो कि सन्तान ।”
छोराको खोट हो भने त उनी सहन तयार थिइन् तर बुहारीको खोट हो भने उनी मानून् कसरी ? तर श्यामराजले आमाको तर्कलाई स्विकार गरेन ।
उसले त लोग्ने र स्वास्नी दुवैको अधिकार समान ठानेको थियो । उसको आर्जन लोग्नेस्वास्नीलाई गुजाराना गर्न पर्याप्त थियो तर त्यसले छोराछोरी
पाल्न धौ धौ पनि पर्न सक्थ्यो । तब नदुखेको कपाल डोरी लाएर ऊ दुखाओस् किन ? जुन कुरा भाग्यले मिलाएर खटाएको छ, त्यसलाई वङ्ग्याएर
आफैले दुख कमाउनु किन ? ..................
अनुभूति
...................
करुणा गरुँ, नगरु को दोसाँधमा थिई। बन्द भएको बाथरुमको छेस्किनी दुई पल्ट दोहोर्याएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई।
कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि भन्ने शंका उसको मनमा ठूलो थियो। अरु सँग भन्दा पनि ऊ आफै सँग शंकित थिई
तर उसको मनमा ठूलो कौतुहल पनि थियो र ऊ त्यसको अनुभूति लिन चाहन्थी।
.........................
आशंका
........................
रागिनीले आफ्नो दृढता देखाई । लोग्नेले भर्सक केटीलाई हटाउन रागिनीलाई सम्झायो तर रागिनीले उसको कुरा मानिन । अन्त्यमा लोग्नेले भन्यो - “हेर है ।
केटी राम्री पनि छ, तरुनी पनि छ ।”
लोग्नेको भनाइ सुनेर रागिनीले हाँस्दै भनी - “मलाई क्याथिरिन म्यान्स्पि्कल्डको एक कप चिया की रोजमेरी भनिठानेको होला तपाईले । म त त्यो होइन ।
मलाई त डर पनि छैन, डाही पनि छैन ।”
..........................
अंशबण्डा
........................
‘मैले तर्साएँ बाबुलाई । - भनिठान्यो उसले तर बुहारीले बुझेकी थिई - छोराको धम्कीले भलै बाबुको मनमा चिसो पस्ला तर आफ्नो निर्णय त्यति सजिलै छोड्दैनन् ।
छोरोलाई भन्नुपर्ने कुरा बाबु सधैं बुहारी मार्फत नै दिने गर्दथ्यो । उसले त ससुराका तर्फबाट लिइने कारवाहीको निम्ति तयार भएर बस्नु परेको थियो ।
नभन्दै एक दिन गंगालाल गोठ बेंसी कही गएको बेला ससुराले बुहारीलाई भन्यो - “बुहारी ! गंगे छुट्टिन्छ भने म अंश दिइदिन्छु । सोधि हेर उसलाई ।”
धनमायाले ससुरातिर पुलुक्क हेरेर भनी - “बालाई के ढाँटनु ? यही छुट्टीनुपर्छ भन्ने पीरले हो वहाँलाई त्यस्तो बनाएको । अब बाको कुरा मैले के सुनाउनु ? ”
बुढोले जिल्ल परेर भन्यो - “केको पिर छुट्टीनु पर्दा ? सबैका छोरा छुट्टिन्छन् । त्यसमा पनि म त झन् उन्ननइस वर्षमा छुट्टिएको । गंगे त ३१ वर्षको भइसक्यो ।”
“अंश लिएर छुट्टिएपछि त खान पनि पुग्दैन । त्यो त बालाई थाहा छदैछ । जवाँमर्दले भए भन्ने थियो - ‘अंशले नपुगे अर्काको बनी गरेर भए पनि
स्वास्नीछोराछोरीलाई खुवाउछु’ तर वहाँको त आत्मा नै कमजोर छ, बुध्दि नै छोटो छ । सधैं बाको भरमा बस्नुभयो र आज बाको आश्रय छुट्न
लाग्दा आत्तिन थाल्नु भएकोछ।” - बुहारीले आफ्नो कुरा सुनाई ।
“मेरो खुशी पनि गर्न नदिने, छुट्टिन पनि नछुटि्टने । अब कसरी मिल्छ त कुरो ? ” - बुढो अलि रन्कियो ।
बुहारीले एकछिन सोचेर ससुराको मुख हेरेर भनी - “बा ! यो समस्याको कहीं मध्यमार्गी समाधान छैन ? ”
“कस्तो मध्यमार्गी समाधान भनेको ? ” - ससुरोले बुहारीतिर हेरेर सोध्यो ।
“त्यही साप पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् । छोराको डर पनि मेटियोस्, बाबुको आवश्यकता पनि पुरा होस्।” - बुहारीले अझै पनि छोटकरीमा नै कुरा राखी ।
गंगामाया
...........................
“यी तिम्रा छोरा ? ” - मैले केटाहरु देखाएर सोधें र उसले टाउकोले ‘हा'े भनेर जनाए पछि फेरि थपें - “कतिवटा छन् केटाकेटी ? ”
“यही दुइटा छोरा मात्र हो ।” - उसले जवाफ दिई ।
“अनि यिनीहरुका बाबु के काम गर्छन् नि ? ” - मैले आफ्नो उत्सुकता शान्तगर्न सोधें ।
“गरिबको के हुन्छ र, सानो बाबु ? जहाँ मजुरी मिल्छ, त्यहीं जान्छ । मजुरी मिलेन भने दारु पिउछ, बस्छ ।” - मंगलीले आफ्नो गुनासो पोखी ।
“माया त गर्दो हो नि तिमीलाई ? ” - मैले आफ्नो जिज्ञाशा रोक्न सकिनँ ।
मंगलीले लामो सास फेरेर भनी - “किन गर्नु पर्योज उसले माया ? उसले मन परेर लिएर आएकी कन्नेकेटी त होइन म ।
म त पोइ मरेर कसै कहाँ शरण लिन वाध्य हुनु पर्ने आइमाई पो त । हामी गरीबको समाजमा त आइमाई फगत भान्सा र
रातमा चाहिने दुई खुट्टे प्रणी हुन्छौं । त्यसमा पनि ऊ सँग टाँसिन आएकी आइमाईलाई उसले पाल्न कर पनि छैन ।
आफैं पालिनु पार्छ मैले । अझ उसलाई पनि पालोस् भनिठान्छ ऊ ।"
.................................
जय-पराजय
....................
“जा, नफौरी । यो उमेरमा आएर प्रेमका कुरा गर्न थाल्छे । त्यत्रो खहरे खोला जस्तो बैँस भरी के गरेर मरीस् त ?
पोइले नपुगे एउटा नाठो समाएर च्वाप्प म्वाइँ खाएकी भए भइहाल्थ्यो नि” – रन्जिताले ठट्टामा उडाउँदै शोभनालाई भनी ।
“तँ मेरो कुरालाई अलि गम्भिरता साथ लिइदेन, रञ्जिता । म चाहिं मनको पीर अलि हलुका पारिदिन्छे कि भनेर भन्छु ।
ऊ भने हावामा कुरा गर्छे ।” – शोभना अलि झर्केर भनी ।
“तेरो कुरा गम्भिरता साथ लिने खालको नै कहाँ छ र लिऊँ । कहाँ तेरो घरबार, चालचलन र उमेर र कहाँ तेरा प्रेमका कुरा ।
'घोडाको सिङ उम्य्रो' भने जस्ता छन् तेरा कुरा अनि पत्याउनु कसरी ?” – रञ्जिताले पत्यार गरिन् ।
“तर भएको सत्य चाहिं त्यही हो।” – शोभनाले लामो सास फेरेर भनी ।
.........................
कर्णेल्नी
......................
एक दिन मैंले मेरी स्वास्नीलाई भनें - “तिम्री आमालाई यही हामी कहाँ नै राखुँ न ?”
जीवनमा पहिलो पल्ट मेरी स्वास्नीले विरोध गरी - “हेर्न सक्ने सम्पन्न छोरो हुदाहुँदै हामीले किन राख्ने ?”
'हेर्न सक्ने, राख्न सक्ने छोरा छोरी त थिए तर कोही पनि कर्णेल्नीलाई साथमा राख्ने थिएनन् । सबैलाई आफ्नो परिवार प्यारो थियो र कर्णेल्नीको
उपस्थितिले परिवार खलबलिने डर थियो सबैलाई । मेरी स्वास्नीको भनाइले मेरो म मानेन र मैंले विरोध गरें ।
“छोरा जत्तिकै तिमी पनि त छोरी हौं नि ।”
“छोरालाई जत्तिकै मलाई के दिनु भयो र आमाले ?”
“केही नदिए पनि दुधको लाम्टो त चुस्न दिनु भयो ।” - आमा प्रतिको मेरी स्वास्नीको भनाइ मलाई असाध्यै खट्कियो र मैंले तिखै शब्द प्रयोग गरें ।
मेरी स्वास्नी केही बोलिन ।
..................................
महानगरको एक रात
.......................
“कहाँबाट आएका त यो आधी रातमा ?”
“हिड्दै ढिलो भयो, सा’प। फेरि फलामे ढिको जस्ता गर्हौँ छन् यी ।” – माधवीले कति पनि नआत्तिई जवाफ दिई। समय र वाध्यताले
उसलाई परिपक्व बनाएको थियो।
“के घिसार्छेस् त यो मोरालाई ? बैंस त छ त अझै ।” – एउटाले व्यंग्य कस्यो।
“के गर्नु, हजुर ? घरका दुईटा छाउराका निम्ति पनि घिसार्नै परेको छ ।” – माधवीले वाध्यता देखाई।
जड्याहाको आधा नसा प्रहरीको उपस्थितिले नै हराई सकेको थियो तापनि मरेको मुर्दा झैं भएर माधवीको काँधमा अडेस लागेको थियो। कति पटक
भोगिसकेको चिसो छिँडी फेरि भोग्न उसलाई रहर थिएन। माधवी स्वास्नी होइन भन्ने निश्चित भए पनि त्यसलाई स्विकार गर्न श्रेय ठानेर ऊ मौन थियो।
“त्यो जँड्याहाकी स्वास्नीलाई के केरकार गर्छस्, ए हस्ते ? बरु त्यो अघिकी माल कता लागी सोध् न ।” – हस्तेको साहेबले भन्यो।
“एउटी आइमाई यता लागेकी थिई । कता गई, हँ ? देखिस् तैंले?” –हस्तेले माधवीलाई सोध्यो।
“यी घोक्रो फुटुन्जेल कराउदै थिए म सँग । कोही आए गएको थाहा पाईनँ, सा’प। यो फलामे ढिको बोकेको बेला त बरियातै गएको पनि के
थाहा हुन्छ र ?” – माधवीले दुखेशो पोखी।
..........................
प्रशंङ्ग मानेका पातको
...........................
साथी साथी बिचको या २।४ पुस्ता भित्रको साइनो कति गहिरो छ? त्यो थाहा नपाई नबोल्नु उचित ठानेर उनीले केवल भनिन्– “केहीलाई पनि होइन। त्यसै।
मान्छे निकै पुख्खली रहेछन् र सोधेकी ।”
“मेरो उहिले देखिको साथी ।” –मानुले सानीमालाई अझ प्रस्ट पार्योस।
“अँ, त्यही भएर होला, बुहारीले पनि त्यति पर्दा राख्दिरहिनछिन्” –सानमिाले सत्यलाई प्रस्ट्याए झैं गरेर भने पनि त्यसमा आफ्नो चित्त नबुझेको कुराको
छनक भने त्यो भनाइको लवजमा थियो।
मानुले सानीमाको भनाइलाई त्यति गम्भिरतासाथ नलिए पनि स्वास्नीलाई सूचित गर्योे– “यी हाम्री सानीमा सारै शंकालु छन्। उनको अगाडि गगनसँग
पनि हिमचिम नदेखाउ है ।”
पार्वती वाल्ल परी। सानीमा शंकालु छन् त के भयो? यस्ता शंका गर्नेहरुको संख्या समाजमा थुप्रै छ। तिनीहरुको शंकाले आजसम्मको सम्बन्धलाई बाधा
पारेन भने सानीमाको उत्पत्तिले वाधा पार्ने किन? त्यसैले उसले सोधी– “घरका पाहुनाले शंका उठाउदै हिड्नथाले भने घरधनीले राख्नु कसरी?”
“२।४ दिन त हो नि। २।४ दिन पछि त बुढिया गइहाल्छिन् नि ।” –मानुले कुरा पन्साउन भन्यो।
पार्वतीले लोग्नेको भनाइ अस्विकार गर्दै भनी– “तर त्यस्ताले त्यही २1४ दिनमा नै अर्काको घर भत्काउन भ्याइसक्छन् र पो ।”
................................
मिनर्वा
......................
मिनर्वाले लजाएर जवाफ दिई - “रुमीलाई पाउँदा म १५ पुग्नै लागकी थिएँ ।”
“सम्पन्नहरुको बालविवाहको पछिल्लो पुस्ता त्यसो भए तिमी नै हौली । हो कि, मिनर्वा ?” - मैले स्वरमा अलि व्यंग्य मिसाएर भने ।
मिनर्वा बुझेर मुस्कुराई अथवा नबुझी भन्न सक्दिनँ ।
मिनर्वा सँग मेरो भेटघाट घटनावस भएथ्यो । साहित्यमा चासो राख्ने मेरी चेलीहरुले एक दिन मिनर्वालाई पनि साथमा लिएर आएका थिए ।
ती २०।२२ का केटी सँग मिनर्वाको कसरी मित्रता सुरु भयो त्यो मलाई थाहा छैन तर उनीहरुको बिचमा उमेरको असमानताले वाधा गरे जस्तो
पटक्कै लाग्दैनथ्यो । शायद मिनर्वाले आफ्नो उमेर घटाएर अरु केटी सरह बनाउन समर्थ भएकी थिई । तैपनि उसका साथीहरुले उसलाई माध्यम
बनाएर ठट्टागर्न भने चुक्दैनथे ।
........................
पाहुना
........................
आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि?
कसले भाँडा बजार्छ त्यसरी?”
आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। औंशी पुर्णे लाग्छ राँडीलाई बेलाबेला। हिजो बेलुकादेखि नै निहुँ खोज्दै थिई।
अब कति दिनलाई हो, कुन्नि ।”
“म गएर सम्झाउँ त माहिली दिदीलाई?” –छोरीले प्रस्ताव गरी।
“तँ झन जादै नजा। पहिले जस्तो हो र? आजकाल त तँलाई देखी सहन्न। हिजो तँ नआउन्जेल कति खुशी थिई। तँलाई पर देख्ने बित्तिकै भन्दै
थिई- -—आइछ लखरलखर एक्लै।‘ त्यसपछि त के भूत खनियो के भूत?” –आमाले छोरीलाई रोक्दै भनी।
.......................
श्रापित राजकुमारी
...................
मैले दायाँ बायाँ तिर हेरें। मेरै समानान्तरमा पुतली जस्तै दुई वटी सुन्दरीहरु उडिरहेका थिए। शायद परी थिए होलान् तिनीहरु। उनीहरुले पखेटा चलाउदा
विणाको झन्कार जस्तै मिठो स्वर निस्किरहेको थियो। उनीहरुको अनुहार निर्दोष बालकको मुस्कान झैं चम्किरहेको थियो र उनीहरुको रेसमी परिधान
मन्द हावा चल्दा तलाउमा चलेको लहर झैं तरङ्गित हुन्थ्यो। स्वर र चाल नभएको भए त त्यो वातावरण नै एउटा अनस्तित्वको निरवता बन्नसक्थ्यो।
मैले परीतिर हेरेर भनें– “टाडै जादैछौं हामी?”
“टाडा या नजिक के हो? थाहा छैन तर गन्तव्यतिर भने जादैछौं” –परीले मुस्कुराएर जवाफ दिई र उसको मुस्कुराहट बत्ती बल्दाको प्रकाश जस्तै वरिपरि छरियो।
मलाई अलिकति शंका लाग्यो र सोधें – “यो सपना हो कि मृत्यु पछिको यात्रा?”
परीले फूल झैं मुस्कान छर्दै जवाफ दिई– “मृत्यु पछिको यात्रा जस्तै सपना पनि सशरिर भोगिन्न ।”
उनीहरू दुई अर्थि भाषामा बोलिरहेका थिए, मानौं उनीहरुले सपनाको संसार र मृत्यु पछिको संसार दुवै नै भोगेका थिए या दुवै नदेखेका हुन सक्थे।
त्यसैले मैले उनीहरुलाई अरु सोध्नु बेकार ठानेर चुप लागें।
....................
सौमी
....................
सानो ठाउँमा विषयको चासो लिनु आवश्यक ठानेर म पनि हुलमा गएर उभिएँ। जम्दार्नी भाउजू वर्ष सातेककी एउटी केटीलाई दर्होभसँग पाखुरामा समाएर
उभिएकी थिइन्। एउटा मुठी दरोेसँग बाँधेर त्यो केटी अर्को हात फुस्काउने बल गरिरहेकी थिई। जम्दार्नीको कब्जाबाट फुस्कन सम्भव देखिदैनथ्यो
तैपनि त्यो केटीको प्रयाश कुकुरले गाँजेको बिरालोको भन्दा कम थिएन। खालि उसको प्रयाश बिना रोदन बिना चित्कार मौन थियो।
“कस्ती जिराही छ, हेर। अझ हार मानेकी छैन” –हुलबाट कसैले टिप्पणी गर्यो।
“आज मात्रै हो र? सधै त्यस्तै भए पछि जिराही किन नहोस्?” – कुनै अर्कोले थप्येा।
म चासो लागेर भित्र पसें र जम्दार्नीलाई सोधें– “के भयो, जम्दार्नी भाउजू?”
म नयाँ मानिस अगाडि आइ पुुगेकोले आफ्नो कुराको नालीबेली लाउन थालिन् जम्दार्नी– “हेर्नोस् न, बाबु। सानी छ भन्यो. केटाकेटी छ भन्यो छोडिदियो।
जहिले पनि पसलमा आउछे , आफू के सुरमा होइन्छ, एउटा कुरा टिप्छे हिड्छे , आज त मिठाई मुठ्याएर भाग्न लाग्दालाग्दै समाएँ। हेर्नोस् त,
हातको मुठी अझै खोलेकी छैन”
“हिजो ध्रुव नारायणको पसलबाट केराउ कोसा चोरिछ” –हुलको बच्चा या बच्चीले पोल लगायो।
“हाम्री ठुल्दिदी कहाँ पनि बारीको काक्र्रो टिपी रे” –त्यो अर्को पोल थियो।
........................
सौता
........................
एक दिन रुक्मिणीकी बहिनीले सानुले आमा साइनो लगाएको सुनेर आश्चर्य मान्दै रुक्मिणीलाई भनी - “होइन, यो त आमा साइनो लगाउदी
रहिछ तपाईलाई त ? ”
रुक्मिणीले कुनै भाव नदेखाई सामान्य स्वरमा भनी - “अनि अरु के भनोस् त यसले ? ”
सानुले लगाएको साइनोमा दिदीको पनि सहमति भएको बुझेर बहिनीले फेरि सोधी - “तपाई के भनेर बोलाउनु हुन्छ नि उसलाई ? ”
आश्चर्य र अविश्वास बहिनीको अनुहारमा देखेर रुक्मिणीले मुस्कुराउदै जवाफ दिई - “के भन्नु आमा भन्नेलाई ? छोरी भन्छु, सानु भन्छु ।”
“यो त अति भयो है, दिदी ।” - ण्बहिनीले विरोध गरी ।
रुक्मिणीले लामो सास फेेरेर कुरा प्रष्ट गरी - “बहिनी ! तिमीहरुका पने आमा भन्ने धरै छन् । मलाई आमा, भन्ने त यही एउटी मात्रै हो । त्यसैले मलाई त
केही अति लागेको छैन ।”
अरु कोही आफू समानका घरका केटाकेटी ल्याएर, राखेर भन्नलाए पनि त हुन्छ नि ।” - ण्बहिनीले विरोध छोडिन ।
रुक्मिणीलाई त्यो वचन निको लागेन र कडा नै जवफ पदई - “मलाई आमा मानेर यो घरभित्र पस्न आउनेलाई छोरी मानूँ कि छोरी बन्न नचाहने कसैलाई
बलजफ्फ्ती भित्य्राएर आमा भन्न लगाउँ्क ? उसले आमा भन्दा तिमीलाई आपत्ति किन ? दिन्छ्यौ तिमी तिम्री छोरी मलाई आमा भन्न लगाउन ? ”
........................
समानता
.......................
मुसोले हात्तीसँग बिहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरु समानताका अनुपम उदाहरण भए र
उनीहरुको कार्यलाई असमानताको अन्त्यगर्ने पहिलो व्यवहारिका खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र चहाड मनाइयो।
हात्तीलाई भनियो – ‘घरभित्र पनि तिमीले समान अधिकार दिनुपर्छ।’
.......................
गोमती किन पोइल गई ?
‘गोमती पोइल गई’ भन्ने सुनेपछि उसकी भाउजूले भनी – “छि ! के गरेकी होलिन् ती नानीले ? त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो ?”
दाजुले नाक फुराएर भन्यो– “कुकुरलाई घिउ नपचेको नै ।नत्र देउता जस्तो लोग्ने छोडेर देख्दै तर्साउला जस्तो जुठे समाउन किन पुग्थी ?”
आमाले भनी– “केले त भर्मनायो त्यसलाई। घर खाइसकेकी मान्छे नत्र उसै किन हिडथी ?”
कुरा थरीथरीका चले, प्रतिकृया भिन्न भिन्न भयो।
सासूले भनी – “घोक्रयाएर निकाल्नु पर्ने आफै हिडी, ठिकै भो। त्यो बाँझीको त मुख हेरे पनि नरक परिन्थ्यो। खुट्टा भए जुत्ता कति आउछन् कति !”
गाउँभरि गोमतीको बद्ख्वाइँ भयो। दौतरी आइमाईसम्मले पनि गोमतीको चाल निको मानेनन् तर केही महिना पछि गोमतीको चर्चा सिध्दियो।
........................
त्यसैले कोही पनि भन्न सक्दैन- ‘गोमती किन पोइल गई ?’
Why not to read that book Kunti
then?
Click DOWNLOAD
For print copy
contact author.
|